नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित प्रदेश नं १, साबिक मेची अञ्चलको झापा जिल्लाको पश्चिम भागमा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मधुमल्ला गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिकाको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ। यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा २०७४ सालमा दमक नगरपालिकाबाट गरिएको घरधुरी सर्वेक्षण अनुसार ८६८९० जनसंख्या रहेको छ । यस दमक क्षेत्रमा साना ठुला गरि करिब ६००० उद्योग ब्यबसायहरु संचालनमा रहेका छन् ।
Show More