शहिद लखन गाउँपालिका - योजना icon

शहिद लखन गाउँपालिका - योजना

app hub
Free
1+ downloads

About शहिद लखन गाउँपालिका - योजना

शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश वमोजिम मिति २०७३ फागुन २७ गते गठन भएको हो । गोरखा जिल्लाको दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समाबेश भइ यस गाउँपालिकाको गठन भएको हो । यसको क्षेत्रफल १४९.०३ वर्ग कि.मी. र २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २३०७६(पुरुष १०८०७ र महिला १२२६९) रहेको छ । यस गा.पा. को सिमानामा पूर्वमा भिमसेन थापा गा.पा., गण्डकी गा.पा. र धादिङ्ग जिल्ला, पश्चिममा गोरखा न.पा. र तनहुँ जिल्ला, उत्तरमा भीमसेन थापा गा.पा र गोरखान.पा., दक्षिणमा गण्डकी गा.पा., तनहुँ र चितवन जिल्ला रहेको छ । यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राह्मण, चेपाङ्ग र दलितहरुको मुख्य बसोबास रहेको छ भने अन्य जातिमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ ।

शहिद लखन गाउँपालिका - योजना Screenshots